काठमाडौं, चैत २५ :
राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सङ्घीय संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनहरूलाई शपथ गराएका हुन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मालिमा तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
दलीय भागवण्डाको आधारमा सभापति निर्विरोध निर्वाचित भएका थिए । तल्लो सदनमा रास्वपाको बहुमत भए पनि माथिल्लो सदन राष्ट्रियसभामा भने पुराना दलहरुको बाहुल्यता रहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने