बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

संसद्को संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले शुक्रबार सम्बोधन गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ चैत, २०८२ मा प्रकाशित
संसद्को संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले शुक्रबार सम्बोधन गर्ने
काठमाडौं, चैत २५ :

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।  

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले सो बैठक आह्वान गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयका सचिव माहादेव पन्थद्वारा जारी पत्र अनुसार चैत २७ गते शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद्‌को दुवै सदनको संयुक्त बैठक बस्ने छ । सो बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सङ्घीय संसद्‌मा सचिवालयलाई सम्बोधन गरी पठाइएको पत्रमा उक्त बैठकका लागि सदस्यको उपस्थितिका लागि आह्वान गरिएको छ । संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्‌को कुनै सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यहरूको उपस्थिति आह्वान गर्न सक्ने व्यवस्था रहेको छ । राष्ट्रपतिले जनभावना अनुसार अघि बढ्न सांसदहरुलाई विशेष आग्रह गर्ने बुझिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार