काठमाडौं, चैत २७ :
प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै ठाकुर निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराए ।
२५६ सांसदमध्ये २२९ जनाले रुबीकुमारीलाई मतदान गरे भने तटस्थमा २२ मत खस्यो। राप्रपाकी लामाले ५ मत मात्र प्राप्त गरिन् ।रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस, नेकपा र श्रम संस्कृतिको समर्थन रहेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने