
इरानले परमाणु हतियार विकास नगर्ने सम्बन्धमा अमेरिकाको सर्त स्वीकार गर्न अस्वीकार गरेपछि आइतबार बिहानै अमेरिका र इरानबीचको वार्ता कुनै शान्ति सम्झौता बिना समाप्त भएको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले उच्च जोखिमयुक्त यी वार्ताहरू २१ घण्टापछि अन्त्य भएको बताएका छन् । भान्सले आफू “सद्भावनासहित” वार्तामा आएको बताए पनि इरानले परमाणु हतियार विकास नगर्ने विषयमा “मौलिक प्रतिबद्धता” देखाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्। उनले अब पाकिस्तान छोड्ने तयारी गरेका छन्।
यस अवधिमा उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा प्रशासनका अन्य अधिकारीहरूसँग निरन्तर सम्पर्कमा थिए।
भान्सले पत्रकारहरूसंग कुरा गर्दै मुख्य कुरा उनीहरूले परमाणु हतियार विकास नगर्ने र त्यसलाई छिटो हासिल गर्न सक्ने साधनहरू पनि नखोज्ने स्पष्ट प्रतिबद्धता देखाउनुपर्ने बताए ।अमेरिकाका राष्ट्रपतिको मुख्य उद्देश्य उही हो र यही लक्ष्य हासिल गर्न हामीले यी वार्ता मार्फत प्रयास गरेका हौं भान्सले बताए ।”
दुवै पक्षका प्रतिनिधिमण्डलको उच्चस्तर र वार्ता गर्न पाएको अधिकारकै कारण यी वार्ता सम्भव भएको हो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने “सहमति भए पनि वा नभए पनि फरक पर्दैन जे भए पनि हामी जित्छौं” भन्ने प्रतिक्रिया दिएका छन्।
अमेरिकी सेनाको केन्द्रीय कमान्डले आफ्ना दुई नौसेना विनाशक जहाजहरू होर्मुज जलडमरूमध्य हुँदै गएको र समुद्री बारुद हटाउने काम सुरु गरिएको जनाएको छ तर इरानले यस दाबीलाई अस्वीकार गरेको छ।
यसैबीच इजरायलले हिज्बुल्लाहका लक्ष्यहरूमा आक्रमण जारी राखिरहँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दीर्घकालीन शान्ति कायम हुने गरी लेबनानसँग सम्झौता गर्न चाहेको बताएका छन्।