बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद क्रिकेट

क्रिकेटर करण केसी क्यानको कारबाहीमा, एक खेलमा प्रतिबन्ध

सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा खेल भावना विपरीत
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ चैत, २०८२ मा प्रकाशित
क्रिकेटर करण केसी क्यानको कारबाहीमा, एक खेलमा प्रतिबन्ध
काठमाडौ, चैत २९ :

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य  करण केसीलाई एक खेलको प्रतिबन्ध र शतप्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरेको छ । जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका क्रममा अम्पायरको निर्णयप्रति सामाजिक सञ्जालमार्फत अशोभनीय अभिव्यक्ति दिएको ठहर गर्दै संघले सो कारबाही गरेको हो ।

संघका प्रवक्ता छुम्बी लामाद्वारा आइतबार जारी विज्ञप्तिअनुसार, प्रतियोगिताका खेलहरू सञ्चालन भइरहेको अवस्थामा केसीले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा खेल भावना विपरीत रहेको पाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, "नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायर प्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्ति खेल भावनाअनुरूप नभएको ठहर गरिएको छ । सोही बमोजिम उनलाई प्रधानमन्त्री कपको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरिएको छ ।" यस कारबाहीसँगै केसीले जारी प्रतियोगिताको आगामी एक खेल खेल्न पाउने छैनन् भने उक्त खेलबापत प्राप्त हुने पारिश्रमिक गुमाउने छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार