काठमाडौं, चैत २९ :
नेपाली कांग्रेसले वैशाख ४ गते प्रतिनिधिसभा संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ। त्यसका लागि वैशाख २ गते निर्वाचन तालिका सार्वजनिक गर्ने सहमहामन्त्री प्रकाश रसाइलीले बताए।
सहमतिको प्रयास सफल हुन नसके निर्वाचन प्रक्रियामा समेत जानुपर्ने स्थिति आउन सक्ने जनाउँदै कार्यतालिकासहित नेता चयन प्रक्रियामा कांग्रेस जुटेको हो ।
एकल उम्मेदवारी पर्यो भने मात्र सर्वसम्मत नेता चयन हुनेछ ।
कांग्रेसमा दलको नेता बन्न अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यलगायत आकांक्षा देखाएका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशन सकिँदासम्म पनि कांग्रेसले दलको नेता छान्न सकेको छैन ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपति पौडेलले गुरू पुरोहितको हातबाट शुभ साइतमा टीका ग्रहण गर्ने
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री