काठमाडौं, चैत २९ :

नेपाली कांग्रेसले वैशाख ४ गते प्रतिनिधिसभा संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ। त्यसका लागि वैशाख २ गते निर्वाचन तालिका सार्वजनिक गर्ने सहमहामन्त्री प्रकाश रसाइलीले बताए।

सहमतिको प्रयास सफल हुन नसके निर्वाचन प्रक्रियामा समेत जानुपर्ने स्थिति आउन सक्ने जनाउँदै कार्यतालिकासहित नेता चयन प्रक्रियामा कांग्रेस जुटेको हो ।
एकल उम्मेदवारी पर्यो भने मात्र सर्वसम्मत नेता चयन हुनेछ । 

 कांग्रेसमा दलको नेता बन्न अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यलगायत आकांक्षा देखाएका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशन सकिँदासम्म पनि कांग्रेसले दलको नेता छान्न सकेको छैन ।