आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

सरकारी कामलाई छिटोछरितो बनाउन भोलिदेखि ‘शून्य बाँकी फाइल सप्ताह’

ढिलासुस्ती गर्ने कार्यालय प्रमुख वा कर्मचारीलाई विभागीय कारबाही
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ चैत, २०८२ मा प्रकाशित
सरकारी कामलाई छिटोछरितो बनाउन भोलिदेखि ‘शून्य बाँकी फाइल सप्ताह’
फाइल तस्बिर ।
काठमाडौं, चैत २९ :

सरकारले कार्यालयको कामलाई छिटोछरितो, पारदर्शी र उत्तरदायी बनाउन भोलिदेखि ‘शून्य बाँकी फाइल सप्ताह’ (जिरो पेन्डिङ फाइल विक) सुरु गर्ने भएको छ । भोलिदेखि वैशाख ७ गतेसम्म सो अभियान सुरु गर्न लागिएको हो । 

यसका लागि सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२ स्वीकृतसमेत गरिसकेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले सरकारी कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणीलगायत अन्य फाइल विभिन्न तह र टेबुलमा अनावश्यक रूपमा थन्किने, निर्णयमा ढिलाइ हुने लगायतका प्रवृत्तिले सेवा प्रवाह प्रभावित हुने अवस्था निराकरण गर्नका लागि सबै सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह’ सुरु गर्न लागिएको जानकारी दिए ।

मार्गदर्शनमा उल्लेख गरिएबमोजिम काम नगर्ने कार्यालय प्रमुख वा कर्मचारीलाई विभागीय कारबाही गरिने उनले स्पष्ट पारे । हरेक कार्यालयले स्पष्ट रूपमा वा देखिने गरी कुन फाइल कहाँ कसको जिम्मामा, कति दिनदेखि रहेको छ भन्ने विवरण दैनिक रूपमा अद्यावधिक गर्नुपर्ने छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार