दाङ, चैत २९ :

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले असन्तुष्टिको विषयलाई महाधिवेशनमै लिएर जान पूर्व संस्थापन पक्षधरलाई आग्रह गरेका छन् । दाङमा आयोजित कांग्रेसको लुम्बिनी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रममा पौडेलले महाधिवेशनले सबैलाई समेट्ने भन्दै मुद्दा मामिलाभन्दा महाधिवेशनको तयारीमा लाग्न असन्तुष्ट पक्षलाई आग्रह गरेका हुन्।

उनले भने, ‘महाधिवेशनको मिति घोषणा भएर प्रक्रिया नै अघि बढिसकेको अवस्थामा छ। म साथीहरुलाई अदालततिर मुद्दामामिला हैन महाधिवेशनमै ध्यान केन्द्रीत गर्न आग्रह गर्छु ।’ महाधिवेशनले कांग्रेसमा नयाँ ऊर्जा र गति दिने महामन्त्री पौडेलको भनाइ छ।