
काठमाडौं, वैशाख २ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। उक्त बैठक बिहीबार दिउँसो १२:१५ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने पार्टीले जनाएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा दुई वटा मुख्य कार्यसूची तय गरिएको छ। बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचनसम्बन्धी विषयमा छलफल गरिनेछ। साथै, अन्य विविध समसामयिक विषयहरू पनि बैठकको कार्यसूचीमा समावेश गरिएको छ।
बैठकले संसदीय गतिविधिलाई थप व्यवस्थित बनाउने तथा आगामी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।