काठमाडौं, वैशाख २ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। उक्त बैठक बिहीबार दिउँसो १२:१५ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने पार्टीले जनाएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा दुई वटा मुख्य कार्यसूची तय गरिएको छ। बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचनसम्बन्धी विषयमा छलफल गरिनेछ। साथै, अन्य विविध समसामयिक विषयहरू पनि बैठकको कार्यसूचीमा समावेश गरिएको छ।
बैठकले संसदीय गतिविधिलाई थप व्यवस्थित बनाउने तथा आगामी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने