मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति #सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति
राजनीति

प्रधानमन्त्री शाहले सातै प्रदेशका मुख्यमन्त्रीसँग सिंहदरबारमा छलफल गर्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३ वैशाख, २०८३ मा प्रकाशित
प्रधानमन्त्री शाहले सातै प्रदेशका मुख्यमन्त्रीसँग सिंहदरबारमा छलफल गर्दै
काठमाडौं, वैशाख ३ :

प्रधानमन्त्री बालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको सो छलफल सङ्घ प्रदेश सरकारसँग सम्बन्धित विविध महत्वपूर्ण र गहन विषयमा हुनेछ ।

अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने सो छलफल सङ्घ–प्रदेश समन्वयलाई अझ प्रभावकारी बनाउने महत्वपूर्ण पहलका रूपमा पनि हेरिएको छ ।

सचिवालयका अनुसार छलफलमा विकास–निर्माणका कार्यलाई तीव्रता दिने, स्रोतसाधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ ।

साथै, राष्ट्रिय प्राथमिकताका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषय पनि छलफलको मुख्य ‘एजेण्डा’ हुनेछ ।

देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत आजको सो छलफलमा हुने अपेक्षा गरिएको छ ।

सङ्घीयता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने र जनतालाई  प्रत्यक्ष लाभान्वित गराउने महत्वपूर्ण कदमका रूपमा यो छलफललाई लिइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार