
काठमाडौं, वैशाख ३ :
नेपाली कांग्रेसको विशेष महाधिवेशनविरुद्ध दायर गरिएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। उक्त मुद्दा न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको छ ।
विशेष महाधिवेशनबाट चयन गरिएको कार्यसमिति अवैधानिक रहेको दाबी गर्दै दायर गरिएको रिटमा यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीहरूलाई सूचना दिन आदेश दिएको थियो।
यसअघि माघ ६ गते प्रारम्भिक सुनुवाइ गर्दै गगनकुमार थापा र विश्वप्रकाश शर्माविरुद्ध कारण देखाउ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकारमा राखिएको थियो।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले उक्त निर्णयविरुद्ध रिट दायर गरेका हुन्।