
काठमाडौं, वैशाख ३ :
नेपाली कांग्रेसको आधिकारिता सम्बन्धी विवादको रिटलाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ। आज सुनुवाइ नसकिएपछि रिटलाई हेर्दाहेर्दै राखिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। उनका अनुसार अब यस मुद्दामाथि शुक्रबार सुनुवाइ हुनेछ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सुनुवाइ बहस भएको हो । विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपपछि निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए।
यस रिटमाथि गत चैत २७ मा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनवाइ भएको थियो।