सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
राजनीति

काठमाडौँ उपत्यका प्राधिकरणका पूर्वआयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा

१० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ ३९ पैसा बराबरको बिगो दाबी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३ वैशाख, २०८३ मा प्रकाशित
काठमाडौँ उपत्यका प्राधिकरणका पूर्वआयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, वैशाख ३ :

काठमाडौँ उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीविरुद्ध  १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ ३९ पैसा बराबरको बिगो दाबी गर्दै विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दाय गरेको हो।  

२०७८ वैशाख १ मा काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदबाट अवकास पाएका तिवारीको यो अवधिमा २५ करोड ६ लाख ८७ हजार २२७ रुपैयाँ ६४ पैसा सम्पत्ति देखिएको आरोपत्रमा उल्लेख गरिएको छ। 

उनीविरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि मुद्दा दायर गर्नु अघि अख्तियारले छानबिन गरेको थियो।अख्तियारले उनकी पत्नी मिनादेवी तिवारी र छोरी मीरा तिवारीलाई पनि प्रतिवादी बनाएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार