
काठमाडौं, वैशाख ३ :
सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो ।
हिरासत बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने अवस्था देखिएको भन्दै सर्वोच्चले खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो । तर उनलाई अदालतको अनुमति लिएर मात्रै विदेश जान पाउने आदेश दिएको छ ।
खड्काकी श्रीमती विनिता थापाले अदालतमा वन्दीप्रत्यक्षीकरणको रिट दिएकी थिइन् । खड्कालाई सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चैत १५ मा पक्राउ गरेको थियो ।