
इजरायल र लेबनानबीच १० दिनको युद्धविराम लागू भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अवधिमा हिजबुल्लाहले ठीक व्यवहार गर्ने आशा व्यक्त गरेका छन्। सम्झौता लागू हुनुअघिका केही घण्टासम्म इजरायल र हिजबुल्लाहबीच लेबनानी सीमाक्षेत्रमा आक्रमण प्रत्याक्रमण जारी थियो। यो युद्धविराम निकै नाजुक छ र यसले बढीमा केही समयका लागि मात्र राहत दिने बताईएको छ ।
ट्रम्पद्वारा घोषणा गरिएको यस युद्धविरामलाई लेबनानका राष्ट्रपति र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले स्वागत गरेका छन्। नेतान्याहुले यसलाई ऐतिहासिक अवसर भनेका छन्।
ट्रम्पका अनुसार इरानद्वारा समर्थित हिजबुल्लाह जसले लेबनानमा इजरायलसँग लडाइँ गरिरहेको छ यसमा यो युद्धविराममा समावेश छ।
नेतन्याहुले भने अनुसार इजरायली सेना दक्षिणी लेबनानमा १० किमि गहिरो सुरक्षा क्षेत्रमा नै रहनेछ।
इरानद्वारा समर्थित हिजबुल्लाहले युद्धविरामको पालना गर्ने सहमति जनाएको छ तर उसले पूरै लेबनानी भूभागमा सबै आक्रमणको पूर्ण रोक र इजरायली सेनालाई स्वतन्त्र रूपमा चल्ने अनुमति नदिनु पर्ने माग राखेको छ।
इजरायली सेना दक्षिणी लेबनानमा १० किमि गहिरो सुरक्षा क्षेत्रमा रहनेछ जुन हिजबुल्लाहको सेनाले फिर्ता हुनुपर्ने मागसँग बाझिन्छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार सम्झौताअनुसार लेबनान सरकारले हिजबुल्लाहलाई इजरायलमाथि आक्रमण गर्नबाट रोक्न ठोस कदम चाल्नुपर्नेछ।
यसमा थप भनिएको छ कि लेबनानको सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको पूर्ण जिम्मेवारी लेबनानी सुरक्षा बलहरूकै हुनेछ।
युद्धविराम लागू हुनासाथ इजरायल डिफेन्स फोर्सेसले विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामा दक्षिणी लेबनानमा ३८० भन्दा बढी हिजबुल्लाहका लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ जसमा रकेट लञ्चर, मुख्यालय र हिजबुल्लाहका सदस्यहरू समावेश छन्।
आगामी कदमहरू के हुने भन्ने अझै स्पष्ट छैन। राष्ट्रपति ट्रम्पले इजरायल र लेबनानका नेताहरूलाई ह्वाइट हाउसमा आमन्त्रण गरेको बताएका छन् तर अहिलेसम्म कुनै औपचारिक पुष्टि भएको छैन।