
गृहमन्त्री सुधन गुरुङले भीआईपीलाई अदालतले छाडेकोमा असन्तुष्टि पोखेका छन् । पत्रकारहरुसँगको भेटघाटका क्रममा गुरुङले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख तथा कर्मचारीहरु खटिएर समातेको भएपनि अदालतले छाडेकोमा असन्तुष्टि पोखे ।
उनले भने,‘रातभर दुई आईजीपी म बसेर काम गर्यौं । अहिले स्वाट्ट अदालतले छाडिदियो । हाम्रो दु:ख खेरे गयो।’ उनले गल्ती गर्नेलाई अनुहार नहेरी कारबाहीको दायरामा ल्याउने भन्दै आफ्नै बाबुले गल्ती गरे पनि नछाड्ने बताए।
पक्राउ गर्दा विभिन्न कानुनका कुराहरु आउँदा रहेछन् भन्दै उनले अहिले आफैंले कानुन अध्ययन गर्न थालेको बताए ।‘अब भोलिका दिनमा कसैलाई पक्राउ गर्दा यो कारण र यो कानुनले छाड्न मिल्दनै भनेर कम्तीमा भन्न त पाइयोस्’, उनले भने । अहिले भीआईपीमाथिको कारबाहीमा केही सुस्त जस्तो देखिए पनि गल्ती गर्नेलाई कारबाही गर्न भने नरोकिने उनले बताए ।