बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
प्रदेश बागमती प्रदेश

बागमती प्रदेशसभाको बैठक आह्वान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ४ वैशाख, २०८३ मा प्रकाशित
बागमती प्रदेशसभाको बैठक आह्वान
हेटौंडा, वैशाख ४ :

बागमती प्रदेशसभाको चालु अधिवेशन बैठक यही वैशाख ६ गते बिहान ११ बजे बस्नेगरी आह्वान गरिएको छ ।

उक्त दिन बस्ने बैठकमा गत चैत २५-२६ गते बसेको बैठकमा प्रस्तुत भएको विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल गर्ने र विधेयकमाथि दफाबार छलफल गर्ने कार्यका लागि विभिन्न समितिमा पठाउने कार्यसूची रहने प्रदेशसभाका सचिव रामकुमार पौडेलले बताए ।

विभिन्न समितिमा पठाइने सो विधेयकमाथि दफाबार छलफल हुने र त्यहाँबाट प्राप्त सुझावसहित समेटिएको छुट्टाछुट्टै प्रतिवेदन तयार पार्ने लक्ष्य रहेको उनले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार