शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

पशुपति क्षेत्रमा अनाधिकृत रुपमा बनाइएका संरचनामाथि महानगरको डोजर चल्यो

महानगरभित्र कवाडी व्यवसाय गर्न नपाइने नीति कडाइका साथ लागू गरिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ४ वैशाख, २०८३ मा प्रकाशित
पशुपति क्षेत्रमा अनाधिकृत रुपमा बनाइएका संरचनामाथि महानगरको डोजर चल्यो
काठमाडौं, वैशाख ४ :

काठमाडौं महानगरले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनाधिकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ । 

महानगरले शुक्रबार गौशाला, तिलगंगा र पशुपति क्षेत्रभित्र कोषको जग्गामा बनाइएका अनाधिकृतमाथि डोजर लगाएको हो । सो क्रममा कोषको जग्गामा बनाइएका ५ वटा टहरा हटाइएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले जानकारी दिए । 

उनले कोषबाट अनुरोध भए अनुसार नै अनाधिकृत संरचना हटाइएको उल्लेख गरे । केही समय अघि निर्वाचन र आचारसंहिताका कारण अनुगमनका साथै अनाधीकृत संरचना हटाउने कार्य राकिएकोमा अव भने तीव्रताका साथ काम अघि बढ्ने उनले बताए ।

महानगरभित्र कवाडी व्यवसाय गर्न नपाइने नीति रहेकाले अब कडाइका साथ कवाडी हटाइने जोशीले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार