बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कांग्रेसको आधिकारिकता विवाद : आजै निर्णय आउन सक्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ४ वैशाख, २०८३ मा प्रकाशित
कांग्रेसको आधिकारिकता विवाद : आजै निर्णय आउन सक्ने
काठमाडौं, वैशाख ४ :

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिटमा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भएको हो ।

पछिल्लो समय रिट निवेदकको तर्फबाट जवाफी बहस भएको छ । रिट निवेदक पक्ष र विपक्षका वकिलहरूले बहस गरेका छन् । विपक्षका तर्फबाट कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले बहस गरे ।

विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेपछि उक्त निर्णयविरुद्ध देउवासहित उनको कार्यसमितिका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए । अब जवाफी बहसपछि यो रिटमा आजै फैसला आउनसक्ने देखिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार