शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

सक्रिय न्युज · शनिबार, ५ वैशाख, २०८३ मा प्रकाशित
जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते
सुर्खेत, वैशाख ५ :

सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१२ पुथालास्थित भित्री सडकखण्डमा जन्ती सवार जिप दुर्घटना भएको छ ।

बनगाड कुपिन्डे–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै गरेको लुप्र०१००१ज ०२७१ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार मृत्यु हुनेहरूमा कुपिण्डे नगरपालिका–८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती, १९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको रहेका छन् ।

दुर्घटनामा परेर १४ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि सुर्खेतको मेहलकुनास्थित अस्पताल लगिएको ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार