शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार गण्डकी प्रदेश भिडियो

वैशाख १८ देखि बन्दीपुर महोत्सव

पर्यटन प्रवर्द्धनलाई थप टेवा पुर्‍याउने उद्देश्य
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ७ वैशाख, २०८३ मा प्रकाशित
वैशाख १८ देखि बन्दीपुर महोत्सव
तनहुँ, वैशाख ७ :

तनहुँको बन्दीपुरमा वैशाख १८ देखि १९ गतेसम्म दुईदिने गाउँ पर्यटन मेला २०८३ आयोजना हुने भएको छ । गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनलाई थप टेवा पुर्‍याउने उद्देश्यले नेपाल पर्यटन बोर्ड गण्डकी र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा मेला हुन लागेको हो । 

गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह–आयोजनामा हुन लागेको सो मेलाले सरकारले लिएको वार्षिक २५ लाख पर्यटक भित्र्याउने र पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पु¥याउने लक्ष्यलाई टेवा पु¥याउने विश्वास आयोजकको छ । गाउँ पर्यटन मेलाका बारेमा जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख  मणिराज लामिछानेले गाउँ पर्यटनलाई सशक्त बनाउने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको बताए ।

आयोजकका अनुसार ‘गाउँ पर्यटनबाट समृद्धिको यात्रा’ र ‘बन्दीपुर पर्यटनः हिजो, आज र भोलि’ विषयमा प्यानल छलफल आयोजना गरिनेछ । विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति, सूचना तथा प्रचार सामग्री वितरण लगायतका कार्यक्रम पनि समावेश गरिएका छन् ।

कार्यक्रममा करिब ३० भन्दा बढी गाउँ पर्यटनसँग आबद्ध व्यवसायी, होमस्टे सञ्चालक, पर्यटन व्यवसायी, नीति निर्माता, स्थानीय तहका प्रतिनिधि, संघसंस्था, सञ्चारकर्मी तथा स्वदेशी–विदेशी पर्यटकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार