सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि #बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि
समाचार मनाेरञ्जन

चलचित्र पत्रकार सङ्घको अध्यक्षमा पुनः बलामी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ७ वैशाख, २०८३ मा प्रकाशित
चलचित्र पत्रकार सङ्घको अध्यक्षमा पुनः बलामी
काठमाडौं, वैशाख ७ :

चलचित्र पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित भएका छन् । यहाँ सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १०औँ महाधिवेशनबाट उहाँ दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।

सङ्घको सङ्गठन उपाध्यक्षमा रघुनाथ सापकोटा तथा  कार्यक्रम उपाध्यक्षमा कुमार आचार्य, महिला उपाध्यक्षमा दीपज्योति थापा, महासचिवमा गोपिकृष्ण चापागाईं, खुल्लातर्फ सचिवमा मदन रिजाल, समावेशी सचिवमा मोहम्मद जालिम, कोषाध्यक्षमा मनिष अन्जान (दाहाल) तथा सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भएका छन् ।

यसैगरी सङ्घको सदस्यमा युवर्ण पौडेल, रतनबहादुर चन्द, सोजना लोहार, सुशील नेपाल, दिनेश थापा, नविन चापागाईं, दीपराज क्षेत्री र सालिकराम न्यौपानेलाई चयन गरिएको  सङ्घका महासचिव चापागाईंले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार