
काठमाडौं, वैशाख ७ :
नेपाली कांग्रेसले वैशाख ११ गते संसदीय दलको नेता चयन गर्ने भएको छ । सहमतिबाट नेता चयन हुन नसकेपछि निर्वाचन मार्फत नेता चयन गर्न लागेको हो ।
आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन गर्ने तयारीमा निर्वाचन समिति जुटेको छ । निर्वाचन समितिकी सदस्य कांग्रेस केन्द्रीय सदस्य मुना भुसालले भनिन्,‘११ गते निर्वाचन गर्ने गरी आज तालिका प्रकाशन गर्दैछौं’
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै जसो दलले नेता चयन गरिसक्दा पनि कांग्रेसले चयन गर्न सकिरहेको छैन। कांग्रेस संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बेसहितका नेताहरू आकाङ्क्षी छन् । प्रतिनिधिसभाका कांग्रेसका जम्ममा ३८ सांसद छन् ।