काठमाडौं, वैशाख ७ :

अध्यागमनका दुई अधिकृतलाई जिम्मेवारीबाट मुक्त गरिएको छ । युएई प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा गैरकानुनी रूपमा शर्त लेखेको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत दुई जना अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको हो।

केही नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै 'रोजगारी पूर्णतया निषेध गरिएको' भन्ने बेहोरा लेखिएको फेला परेपछि विभागले एक्सन लिएको ध्यागमन विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालले बताए । नेपाली नागरिकलाई कुनै पनि प्रकारको शर्त तोकेर प्रस्थान अनुमति दिने विभागको कुनै नीति वा निर्णय छैन।