शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

उदयपुरको बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु, दुई घर जलेर नष्ट

सक्रिय न्युज · मंगलबार, ८ वैशाख, २०८३ मा प्रकाशित
उदयपुरको बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु, दुई घर जलेर नष्ट
उदयपुर, वैशाख ८ :

उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारस्थित पुष्पलाल चोकमा गएराति आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।

आगलागीले दुई घर पूर्ण रूपमा जलेको छ ।

जलेको अवस्थामा दुई जनाको जलेको अवस्थामा शवको कंकाल फेला परेको प्रहरीले जनाएको छ । आगलागीबाट स्थानीय लक्ष्मी खड्का र रविन कुमार दासको घर पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ ।

आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका तथा मधेश प्रदेशअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिकाबाट दमकल परिचालन गरिएको थियो । साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी,नगर प्रहरी र स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार