काठमाडौं, वैशाख ८ :

नेपाल र युएईबीचको टी–२० सिरिजको दोस्रो खेल आज हुदैछ ।

खेल  कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज साँझ ५ बजे हुँदैछ । हिजो भएको सिरिजको पहिलो खेलमा युएई विजयी भएको थियो ।

सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउँदैछ ।

टिममा ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद,गुलशन झा,लोकेस बम,सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव,अर्जुन साउद,हेमन्त धामी, साहब आलम र शेर मल्ल छन् । त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान छन् ।

नेपालले पहिलो पटक टी–२० र एकदिवसीय क्रिकेटमा अलग–अलग कप्तानको अभ्यास गरेको हो ।

पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी–२० टिमबाट बाहिर छन् ।