बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ८ वैशाख, २०८३ मा प्रकाशित
चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही
फाइल तस्बिर ।
काठमाडौं, वैशाख ८ :

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ ।

आज बिहानसम्म मादक पदार्थ (मापसे) मा ७७, अवस्था ठीक नभएको ६९, रातो बत्तीमा १५८, तीव्र गति ८९, लेनमा १७२, ढोका खुल्ला ५७, नो हर्न ७७, ओराल्ने र चढाउनेमा ५५, अन्यमा दुई हजार ७४७ गरी तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, “विभिन्न गल्तीका पछिल्लो २४ घण्टे कारबाही सङ्ख्या तीन हजार ५०१ जना रहेका छन् । कारबाहीबाट जम्मा राजस्व रकम रु २५ लाख १५ हजार ५०१ रहेको छ ।”

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार