शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे #प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे
खेलकुद क्रिकेट

च्यालेन्ज ट्रफीमा नेपालको लगातार दोस्रो जित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ९ वैशाख, २०८३ मा प्रकाशित
च्यालेन्ज ट्रफीमा नेपालको लगातार दोस्रो जित
काठमाडौं, वैशाख ९ :

नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा लगातार दोस्रो जित दर्ता गरेको छ। घरेलु टोली रुवान्डा महिला क्रिकेट टोलीलाई बुधबार दुई विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा पुनरागमन गरेको हो।

रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपालले दुई बल अगावै आठ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि ओपनर सम्झना खड्का ले ४८ रनको उत्कृष्ट इनिङ खेलिन्। उनले ४२ बलमा सात चौका प्रहार गरिन्।

अन्य ब्याटरमध्ये विन्दु रावलले १० रन बनाउँदा कप्तान इन्दु बर्मा एक रनमै आउट भइन्। उपकप्तान पूजा महतोले १३ रनको योगदान दिइन्। रुविना क्षेत्री (२), कविता कुँवर (०), कविता जोशी (१) र रुवि पोडार (१) सस्तोमै आउट भए।

यसअघि गहंगा क्रिकेट स्टेडियम ओभल ‘बी’ मा टस जितेर ब्याटिङ गरेको रुवान्डा दुई बल अगावै ८८ रनमा समेटिएको थियो। रुवान्डाका लागि एलिज इकुज्वे ले १७ तथा मेभिले उवासेले १५ रन बनाइन्। क्लारिस उवासे (१३) र रोजिन इरेरा (१२) ले दोहोरो अंक छुन सफल भए पनि अन्य ब्याटर प्रभावकारी बन्न सकेनन्।

रुवान्डालाई कम स्कोरमा रोक्न नेपालका लागि रचना चौधरीले तीन विकेट लिइन्। पूजा महतो र कविता कुँवरले समान दुई–दुई विकेट लिए। मनिषा उपाध्याय र रिया शर्माले एक–एक विकेट हात पारे।

यसअघि नेपालले पहिलो खेलमा संयुक्त राज्य अमेरिका महिला क्रिकेट टोलीसँग ४४ रनले पराजय भोगे पनि दोस्रो खेलमा इटाली महिला क्रिकेट टोलीलाई ५० रनले हराएको थियो।

प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार भानुआटु महिला क्रिकेट टोलीसँग खेल्नेछ। त्यसपछि आइतबार पुनः अमेरिकासँग प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालले २८ अप्रिलमा रुवान्डासँग, ३० अप्रिलमा भानुआटुसँग र अन्तिम खेल १ मेमा इटालीसँग खेल्नेछ।

रुवान्डामा जारी प्रतियोगिता आगामी १ मेसम्म सञ्चालन हुनेछ, जसमा अमेरिका, नेपाल, इटाली, भानुआटु र आयोजक रुवान्डा सहभागी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार