शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

हर्मुजमा तीनवटा जहाजमाथि आक्रमणपछि दुईवटा नियन्त्रणमा लिएको इरानको दाबी

हर्मुज अहिले अत्यन्तै खतरनाक बनेको छ र अत्यन्तै कम मात्र जहाज आवागमन भइरहेको छ। यसले इरान मात्र होइन विश्व अर्थतन्त्रमा पनि गम्भीर असर पारिरहेको छ।
सक्रिय न्युज · बुधबार, ९ वैशाख, २०८३ मा प्रकाशित
हर्मुजमा तीनवटा जहाजमाथि आक्रमणपछि दुईवटा नियन्त्रणमा लिएको इरानको दाबी
काठमाडौं, वैशाख ९ :

स्ट्रेट अफ हर्मुजमा तीनवटा कार्गो जहाजमाथि आक्रमण गरिएको इरानले छ।

यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान युद्धविराम विस्तार गर्ने घोषणा गरेपछि भएको हो।

इस्लामिक रिभोलुस्नरी गार्ड क्रप्सले  ती तीनमध्ये दुई जहाज नियन्त्रणमा लिएर इरानको तटतर्फ लैजाँदै गरेको जनाएको छ।

ती जहाजहरूले गत हप्ता केही समयका लागि हर्मुज जलमार्ग खुल्दा त्यहाँबाट छिटो पार हुन खोजेका हुन सक्ने बताईएको छ।

राष्ट्रपति ट्रम्पले हिजो राति युद्धविराम विस्तार गर्ने बताएका थिए साथै इरानमाथि दबाब बढाउनका लागि यसको बन्दरगाहमा अमेरिकी नाकाबन्दी पनि जारी राख्ने बताएका थिए। यो कदम पाकिस्तानमा हुने सम्भावित वार्ताअघि लिइएको हो।

तर ती वार्ताहरूको अवस्था अझै स्पष्ट छैन किनकि अमेरिकी उपराष्ट्रपति जेडी भान्स मंगलबार पाकिस्तान जानुपर्ने भए पनि गएनन्।

हर्मुज अहिले अत्यन्तै खतरनाक बनेको छ र अत्यन्तै कम मात्र जहाज आवागमन भइरहेको छ। यसले इरान मात्र होइन विश्व अर्थतन्त्रमा पनि गम्भीर असर पारिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार