
इरानका प्रमुख वार्ताकारका रूपमा रहेका मोहमद बागेर घालीबाफले अमेरिकासँगको वार्तामा स्ट्रेट अफ हर्मुज खोल्न “सम्भव नभएको” बताएका छन्।
उनले यसको कारण अमेरिका र इजरायलद्वारा युद्धविरामको स्पष्ट उल्लङ्घन भएको बताएका छन्।
बुधबार सामाजिक संजाल एक्समा गरिएको पोस्टमा उनले यी उल्लङ्घन अन्तर्गत इरानका बन्दरगाहमाथि अमेरिकी नौसैनिक नाकाबन्दीलाई उल्लेख गरेका छन् जसले विश्व अर्थतन्त्रलाई “बन्धक बनाएको” बताएका छन्। साथै इजरायलले “सबै मोर्चामा युद्ध उक्साउने गतिविधि” गरिरहेको आरोप पनि लगाएका छन्।
वार्ताका लागि अझै खुला रहेको बताएका छन् तर प्रतिबद्धता उल्लङ्घन, नाकाबन्दी र धम्कीहरू वास्तविक वार्ताका मुख्य अवरोध भएको इरानले बताएका छन् ।
मंगलबार प्रारम्भमा अमेरिका र इरानबीच यसै हप्ता पाकिस्तानमा नयाँ शान्ति वार्ता हुने संकेत देखिएको थियो, तर अहिलेसम्म वार्ता सुरु भएको छैन।
अमर्रिकी उपराष्ट्रपति जेडी भान्स जो अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने अपेक्षा गरिएको थियो अझै अमेरिकी मै छन्।
मंगलबार राति राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार समाप्त हुने भनिएको अमेरिका र इरान युद्धविरामलाई थप विस्तार गर्ने घोषणा गरेका थिए।
ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लिभिटले पछि स्पष्ट पार्दै यो विस्तार खुला अवधिको भएको र कुनै नयाँ समयसीमा नभएको बताएकी छन्। उनले राष्ट्रपति ट्रम्प अमेरिकी नौसैनिक नाकाबन्दीप्रति “सन्तुष्ट” रहेको र “इरान निकै कमजोर अवस्थामा रहेको बुझ्ने” बताएका छन्।