बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति प्रदेश सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

· शुक्रबार, १९ साउन, २०८१ मा प्रकाशित
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

धनगढी, साउन १८: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिदैहुनुहन्छ । 

केन्द्रमा सत्ता समीकरणमा भएको फेरबदलसंगै नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो । उहाँले विश्वासको मत लिनका लागि आज अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
 
सोडारी अल्पमतमा देखिनुहन्छ । सोडारीले सदनबाट विश्वासको मत पाउन नसकेमा उहाँको नेतृत्वको सरकार स्वतः ढल्नेछ । सुदूरपश्चिम प्रदेशमा बहुमत पुर्याउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने देखिन्छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार