शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

नेपालले यूएईलाई ३७ रनले हरायो

सक्रिय न्युज · शनिबार, १२ वैशाख, २०८३ मा प्रकाशित
नेपालले यूएईलाई ३७ रनले हरायो
काठमाडौं, वैशाख १२ :

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको छ।

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८.२ ओभरमा १६३ रनमै अलआउट भयो।

हरप्रित सिंहले ३९, मुहम्मद वसीमले ३४, अक्षदीप नाथले ३० तथा आर्यान्स शर्माले १८ रन जोडे। निलान्स केसवानीले १८ रन जोडे।

बलिङतर्फ नेपालका करण केसीले ९.२ ओभरमा २ मेडेनसहित १९ रन खर्चेर चार विकेट लिए। यस्तै, सन्दीप लामिछानेले १० ओभरमा २ मेडेनसहित २५ रन खर्चेर दुई विकेट लिँदा सोमपाल कामीले ९ ओभरमा ५० रन खर्चेर दुई विकेट लिए।

दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एक–एक सफलता हात पारे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४८.२ ओभरमा २०० रनमा अलआउट भयो। दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्दै ७६ रन जोडे। ९० बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।

बलिङतर्फ यूएईका जुनैद सिद्धिकीले ९.२ ओभरमा ३ मेडेनसहित ३३ रन खर्चेर तीन विकेट लिए भने अजय कुमारले ९ ओभरमा ३४ रन खर्चेर तीन विकेट लिए।

यस्तै खुजैमा तनवीरले दुई तथा हैदर अली र मुहम्मद शहदादले एक एक विकेट लिए।

नेपालले अब अर्को खेलमा बुधबार ओमानसँग खेल्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार