शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार अर्थतन्त्र

आरसिओडी मिति संशोधनका लागि सम्पर्कमा आउन प्राधिकरणको आग्रह

सक्रिय न्युज · आइतबार, १३ वैशाख, २०८३ मा प्रकाशित
आरसिओडी मिति संशोधनका लागि सम्पर्कमा आउन प्राधिकरणको आग्रह
काठमाडौं, वैशाख १३ :

नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसिओडी) संशोधनका लागि सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना मार्फत व्यवसायिक उत्पादन शुरु गर्नुपर्ने मिति संशोधनका लागि विभिन्न कागजातसहित सम्पर्कमा आउन आग्रह गरेको हो ।

प्राधिकरणको २०७१ भदौ ३१ गतेको ६ सय ८८ औं बैठकबाट निजी क्षेत्रका विद्युत् प्रवद्र्धक कम्पनीसँग सम्पन्न विद्युत् खरिद सम्झौता र ग्रिड कनेक्सन एग्रिमेन्टमा उल्लिखत प्राधिकरणको दायित्वमा पर्ने प्रसारण लाइन तथा सवस्टेशन निर्माण कार्य सम्पन्न नभएका कारण उक्त सम्झौता संशोधन गर्न लागिएको हो ।

प्राधिकरणले आयोजनाको विद्युत् उत्पादनको अनुमतिपत्र प्राप्त भएको, आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको कागजातको विवरण पेश गर्नुपर्नेछ । यस्तै, व्यापारिक उत्पादन सुरु गर्ने मिति समाप्त हुनु अगावै त्यसका लागि प्राधिकरणमा पेश गरेको आवेदन जरुरी पर्नेछ ।

यस्तै, आयोजनाले भौतिक निर्माण कार्य गरी प्राधिकरणको प्रसारण लाइन तथा सवस्टेशनको निर्माण प्रगतिको अनुपातमा प्रगति हासिल गरेको विवरण जरुरी पर्ने प्राधिकरणको सूचनामा उल्लेख छ । निजी क्षेत्रका प्रवद्र्धकले लामो समयदेखि  व्यापारिक उतपादन शुरु गर्नुपर्ने मिति संशोधन गरिदिन आग्रह गर्दै आएको थियो ।

सोही आग्रहका आधारमा प्राधिकरणले सूचना मार्फत सम्पर्कमा आउन आग्रह गरेको उल्लेख छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार