शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश मधेस प्रदेश

वर्षाले जलेश्वर जलमग्न, सडकमा पैदल हिँडडुल गर्न समस्या

पानीको निकास नहुँदा वर्षा हुनेबित्तिकै जलमग्न हुने गरेको छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १३ वैशाख, २०८३ मा प्रकाशित
वर्षाले जलेश्वर जलमग्न, सडकमा पैदल हिँडडुल गर्न समस्या
जलेश्वर, वैशाख १३ :

आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ । पानी निकास हुन नसक्दा जलेश्वरको नगरपालिका चोक, शङ्कर चोक, मीना बजार, महेन्द्र चोक, अस्पताल चोक, खैरा चोक, अस्पताल चोकलगायत स्थान जलमग्न बनेको छ । 

जलेश्वर नगरभित्रका प्रायःजसो सडक डुबानमा परेपछि सडकमा पैदल हिँडडुल गर्न समस्या भएको छ । सडकमा सवारीसाधन गुडाउन समेत नसकिएको स्थानीयले बताएका छन् ।

सदरमुकामस्थित सरकारी तथा गैरसरकारी कार्यालय परिसर पानी पसेर जलमग्न बनेको छ । जलेश्वरमा ढल निकासको व्यवस्था राम्रो नभएका कारण सामान्य वर्षा हुँदा समेत यहाँ बजार क्षेत्र डुबानमा पर्ने गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार