आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
खेलकुद क्रिकेट

घरेलु टोली रुवान्डामाथि नेपालको जित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १५ वैशाख, २०८३ मा प्रकाशित
घरेलु टोली रुवान्डामाथि नेपालको जित
काठमाडौं, वैशाख १५ :

रुवान्डामा जारी आइसिसी महिला च्यालेन्स ट्रफी क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली रुवान्डालाई ३८ रनले पराजित गरेको छ । नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको रुवान्डा १७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ६५ रनमा समेटिएको हो । रुवान्डाका लागि म्यारी बिमेन्यिमानाले सर्वाधिक १९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

रुवान्डालाई ६५ रनमा समेट्ने क्रममा नेपालकी मनिषा उपाध्यायले चार विकेट लिइन् भने कविता कुँवर, रचना चौधरी र रिया शर्माले समान दुई–दुई विकेट लिइन् । त्यसअघि ‘टस’ जितेर पहिले ‘ब्याटिङ’ गरेको नेपालले निर्धारत २० ओभरमा सात विकेट गुमाएर १०३ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३३ रन बनाइन् भने कविता कुँवरले २४ तथा रुबिना क्षेत्रीले ११ रन बनाइन् ।

रुवान्डाका लागि हेनरित इसिम्वेले तीन विकेट लिँदा म्यारी बिमेन्यिमानाले दुई तथा बेलिसे मुरिकातेते र रोसिन इरेराले समान एक–एक विकेट लिए ।नेपालले यसअघि पनि रुवान्डालाई दुई विकेटले पराजित गरेको थियो । यसैगरी, नेपाल अमेरिकासँग दुवै खेलमा पराजित भएको थियो । यस्तै, नेपालले इटालीसँग जित निकाल्दा भानुआतुसँग भने पराजित भएको थियो ।

हालसम्म नेपालले छ खेलमा छ अङ्क जोडेको छ भने अब इटाली र भानुआतुसँग खेल्न बाँकी छ । डबल राउन्ड रोबिन लिगका आधारमा भएको उक्त प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोलीले उपाधि जित्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार