वैशाख १६ :

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज  ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान ९: ३० बजे सुरु हुनेछ । नेपालले आज दोस्रो खेल खेल्दैछ ।

घरेलु टोली नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमान यूएईसँग २५ रनले पराजित भएको थियो ।

लिग २ मा २१ खेलमा ६ जितमात्रै निकालेको नेपाल अंकतालिकाको सातौँ स्थानमा रहेको छ  । यसैगरी ओमान २५ खेलबाट १३ जितका साथ २९ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

आजको खेलमा वर्षा प्रतिकुल हुने सम्भावना छ ।