काठमाडौं, वैशाख १६ :

सरकारले सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले  बढाएको छ। यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा समायोजन गरिएको जनाएको छ। गत चैत २५ मा भएको भाडा समायोजनको समयमा रहेको डिजेलको औसत बजार मूल्यभन्दा ३०.४१ प्रतिशतले वृद्धि भएकोले भाडा बढाउनुपरेको विभागको स्पष्टोक्ति छ।

पछिल्लो पटक डिजेर र पट्रोलमा भारी मूल्यवृद्धि भएका कारणले सरकारले सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको हो । डिजेलको मूल्य प्रतिलिटर ५५ रुपैयाँ बढेर औसत बजार मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा कायम हुँदा पेट्रोलको पनि भाउ बढेर प्रतिलिटर २१९ रुपैयाँ कायम भएको छ ।    विद्युतीय सवारीको हकमा भाडा नबढ्ने विभागले स्पष्ट भनेको छ।