शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब #रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब
समाचार

नेपाली सेनाद्वारा रामेछाप-सिन्धुली जोड्ने सुनकोशी नदीमा बेली ब्रिज जडान कार्य सुरु

· आइतबार, २१ असोज, २०८१ मा प्रकाशित
नेपाली सेनाद्वारा रामेछाप-सिन्धुली जोड्ने सुनकोशी नदीमा बेली ब्रिज जडान कार्य सुरु
काठमाण्डौँ , असोज २१ :

नेपाली सेनाले सुनकोशी नदीमा बेली ब्रिज जडान कार्य सुरु गरेको छ ।

असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका कारण सिन्धुलीको गोलन्जोर गाउँपालिका- ७ स्थित खुर्कोट र रामेछापको मन्थली नगरपालिका- ६ जोड्ने बिपी राजमार्ग र पुष्पलाल राजमार्ग बीचमा रहेको सुनकोशी नदीको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बगाएको थियो ।

पुल बगाएपछि आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । उक्त पुल मर्मत गरी आवागमन सुचारु गर्न असोज १९ गतेबाट खटिएको प्राविधिक सहितको नेपाली सेनाको टोलीले उक्त स्थानमा आजबाट बेली ब्रिज जडान कार्य सुरु गरेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार