काठमाण्डौँ , असोज २१ :

नेपाली सेनाले सुनकोशी नदीमा बेली ब्रिज जडान कार्य सुरु गरेको छ ।

असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका कारण सिन्धुलीको गोलन्जोर गाउँपालिका- ७ स्थित खुर्कोट र रामेछापको मन्थली नगरपालिका- ६ जोड्ने बिपी राजमार्ग र पुष्पलाल राजमार्ग बीचमा रहेको सुनकोशी नदीको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बगाएको थियो ।

पुल बगाएपछि आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । उक्त पुल मर्मत गरी आवागमन सुचारु गर्न असोज १९ गतेबाट खटिएको प्राविधिक सहितको नेपाली सेनाको टोलीले उक्त स्थानमा आजबाट बेली ब्रिज जडान कार्य सुरु गरेको हो ।