मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार प्रदेश लुम्बिनी प्रदेश स्वास्थ्य

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

तापक्रम वृद्धि भएसँगै लामखुट्टे देखिन थाले
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १७ वैशाख, २०८३ मा प्रकाशित
हुम्लामा पनि डेङ्गुका बिरामी फेला
सिमकोट, वैशाख १७ :

हुम्ला जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित फेला परेका छन् ।

अस्पतालमा उपचाररत सिमकोट गाउँपालिका–२ का ४५ वर्षीय मोती सुनारको स्वाब परीक्षण गर्दा डेङ्गु पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताए ।

उनका अनुसार सुनार तीन दिनअघि उपचारका लागि जिल्ला अस्पतालमा आएका थिए । हाल अस्पतालमै भर्ना गरेर उनको उपचार भइरहेको छ । परीक्षणका क्रममा डेङ्गु पुष्टि भएपछि केही दिन अझै अस्पतालमै राखेर उपचार गरिने प्रमुख चिकित्सक तिवारीले बताए।

जिल्ला बाहिर ननिस्केका सुनारलाई हुम्लामै डेङ्गु देखिएको चिकित्सक तिवारीले उल्लेख गरे । मौसममा आएको परिवर्तन र तापक्रम वृद्धि भएसँगै लामखुट्टे देखिन थालेकाले यस्तो सङ्क्रमण फैलिएको हुनसक्ने उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार