सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

भन्सारमा कडाई गर्दा व्यवहारिक पक्षलाई पनि ख्याल गर्नुपर्छ : सभापति थापा

नचाहिने कुराहरूमा हात हाल्ने काम नगर्न सरकारलाई सुझाव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १८ वैशाख, २०८३ मा प्रकाशित
भन्सारमा कडाई गर्दा व्यवहारिक पक्षलाई पनि ख्याल गर्नुपर्छ : सभापति थापा
सानेपा, वैशाख १८ :

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा भन्सारमा कडाई गर्दा सीमा वरिपरि बस्ने नेपाली नागरिकले भोग्नुपरेको समस्याका बारेमा सदनबाट सरकारको ध्यानाकर्षण गराइने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा पार्टीको ग्रिन टेबलको पहिलो श्रृङ्खलामा बोल्दै सभापति थापाले भन्सारमा कडाई गर्दा सीमा वरिपरि बस्ने नागरिकहरुको दैनिक जीवनयापनमा नै समस्या देखिएको भन्दै यसबारे सदन र विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइने बताएका हुन् । 

उनले भन्सारमा कडाई गर्दा स्थानीय नागरिकमाथि सुरक्षाकर्मीबाट हुने व्यवहारले आत्मसम्मानमाथि चोट पुगेको देखिएको धारणा राखे । भन्सारमा कडाई गर्दा व्यवहारिक पक्षलाई पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

सभापति थापाले भन्सारमा राम्रो गर्ने नाममा नागरिकलाई अनावश्यक दु:ख दिने जस्ता नचाहिने कुराहरूमा हात हाल्ने काम नगर्न सरकारलाई सुझाव समेत दिए । सीमामा हुने गरेको अव्यावहारिक कुराहरूलाई सधैँको लागि बन्द गर्नुपर्ने भएपनि कांग्रेस सरकारमा नै भएका बेला सय रुपैयाँ भन्दा बढिका सामानमा कर लगाउने काममा जोड दिँदा आफूहरुकै दबाबमा सरकार पछि हट्नु परेको उनले बताए ।

सभापति थापाले अहिले जनताले उठाएका प्रश्न र गुनासालाई सुन्न सरकार तयार हुनुपर्नेमा जोड दिए । सीमानाको छेउमा बस्ने नागरिकहरुलाई अपराधी जस्तो गरी काम गर्नु उचित नहुने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार