सल्यानमा जग खन्ने क्रममा ठूलो परिमाणमा बम र विस्फोटक पदार्थ भेटिए
सक्रिय न्युज
शनिबार, १९ वैशाख, २०८३ मा
प्रकाशित
सल्यान, वैशाख १९ :
सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम र विस्फोटक पदार्थ फेला परेको छ ।
शारदा नगरपालिका ३ स्थित जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र नयाँ भवनका लागि जग खन्ने क्रममा ती विष्फोटक पदार्थ फेला परेको हो ।
जग खन्ने क्रममा द्वन्द्वकालीन ८६ वटा बम फेला परेका हुन्। जसमध्ये ८२ सकेट बम, ३ सुतली बम र १ वटा बोतल बम रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बुधबार दिउँसो १२:३५ बजेतिर नयाँ भवनको जग खन्ने क्रममा सकेट बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । ‘त्यसपछि डिस्पोजका लागि नेपाली सेनाको सिद्धीबक्स गण सल्यानसँग समन्वय गरेर सेना आउँदा उक्त दिन बेलुका ४ बजेसम्म १० वटा सकेट बम फेला परेका थियो ।’
आज बिहान ११:२० बजे पुनः उत्खनन गर्ने क्रममा थप बम फेला परेको हो ।