बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

२४ घण्टामा दुई हजार १११ सवारी चालकमाथि कारबाही

५ लाख ६५ हजार राजस्व सङ्कलन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २० वैशाख, २०८३ मा प्रकाशित
२४ घण्टामा दुई हजार १११ सवारी चालकमाथि कारबाही
फाइल तस्बिर
काठमाडौं, वैशाख २० :

बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ६५ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १०३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२२ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १३८, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८६, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ४२ र अन्य सवारी नियम पालना नगरेका एक हजार एक हजार १६० जनालाई कारबाही गरिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार