शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २१ वैशाख, २०८३ मा प्रकाशित
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
काठमाडौं, वैशाख २१ :

सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ। 

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको हो।  गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

उनी फरार हुने अवस्था नभएकाले सर्वोच्चले धरौटीमा छाड्न भनेको हो। धरौटीमा बुझाउ नसके मात्रै हिरासतमा राख्न भनेको छ।  धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा उनलाई गत वैशाख १० गते नक्साल क्षेत्रबाट पक्राउ गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार