काठमाडौं, वैशाख २१ :

नेपालको भूमि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सुचारु गर्ने भारतको निर्णयप्रति आपत्ति जनाउदै संयुक्त विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सुचारु गर्ने भारतको निर्णय हस्तक्षेपूर्ण र अतिक्रमणकारी भएको भन्दै विद्यार्थी संगठनले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

साथै उनीहरुले यसमा चिनियाँ संलग्नता समेत रहेको भन्दै विरोध जनाएका छन् । विद्यार्थीहरुले लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रो हो, ओइ सरकार हाम्रो भूमि खोइ, भारतीय हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर्रौ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले खुलेआम नेपाली भूमि अतिक्रमण गर्ने प्रयास हुँदा पनि सरकार मौन रहेको भन्दै आपत्ति जनाएका थिए । त्यस्तै विद्यार्थीहरुले दुईदेशसंग तत्काल कुटनीतिक सम्वाद गर्न समेत सरकारसंग माग गरेका छन् ।