शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति स्वास्थ्य

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल नियुक्त

राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिने अग्रवालको घोषणा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २३ वैशाख, २०८३ मा प्रकाशित
प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल नियुक्त
काठमाडौं, वैशाख २३ :

सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा डा जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्वडीनसमेत रहेका डा अग्रवालले मुलुकको स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन् ।

उक्त नियुक्तिबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले भनिन्, “स्वास्थ्य क्षेत्रका अनुभवी र विज्ञ व्यक्तित्व प्रा् डा अग्रवालको नियुक्तिले प्रधानमन्त्रीज्यूलाई मुलुकको स्वास्थ्य नीति र सेवा सुधारका लागि महत्त्वपूर्ण प्राविधिक सहयोग र सुझाव प्राप्त हुने विश्वास लिएका छौँ । आइओएम जस्तो गरिमामय संस्थाको नेतृत्व गरिसकेका उनले अवैतनिक रूपमा आफ्नो विज्ञता र समय राज्यलाई उपलब्ध गराउनेछन् ।”

प्रधानमन्त्री शाहले सार्वजनिक स्वास्थ्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेको सन्दर्भमा डा अग्रवालको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । डा अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विशेषज्ञको रूपमा आफ्नो सेवा पु¥याउनेछन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार