सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार प्रदेश बागमती प्रदेश

छाँयादेवी कम्प्लेक्स भत्काउन माग गर्दै माइतीघरमा प्रदर्शन

ऐतिहासिक कमलपोखरीलाई मासेर व्यापारिक कम्प्लेक्स बनाएको आरोप
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २४ वैशाख, २०८३ मा प्रकाशित
छाँयादेवी कम्प्लेक्स भत्काउन माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं, वैशाख २४ :

काठमाडौंको ठमेलस्थित छाँयादेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं धार्मिक महत्वको सार्वजनिक कमलपोखरी पुरेर छाँयादेवी कम्प्लेक्स बनाइएकाले अबिलम्व भत्काउनुपर्ने भन्दै सम्पदा संरक्षण समाज र आदिवासी नेवाः राजनीतिक अभियानले बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ऐतिहासिक सम्पदा कमलपोखरी पुनः सर्वजनिक कायम गरौं, सम्पदा संरक्षण अभियानमा सारा नेपालीहरु एक होऔं,  सम्पदा मास्न पाइदैन लगायत लेखिएका प्लकार्ड प्रदर्शन गरेका थिए । ऐतिहासिक महत्व बोकेको सम्पदालाई मासेर व्यापारिक कम्प्लेक्स बनाइएकाले भत्काउन अदालतले आदेश दिनुपर्ने भन्दै प्रदर्शन गरिएको सम्पदा संरक्षण समाजका सदस्य नारायण महर्जनले बताए । उनीहरुले ११ औं शताब्दीको ऐतिहासिक कमलपोखरी पुरानै अवस्थामा ल्याउन निरन्तर दबाब दिने जनाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार