
काठमाडौं, वैशाख २५ :
सर्वोच्च अदालतले आज २ घण्टा ढिला गरी दैनिक मुद्दाको पेसी सूची निकालेको छ ।
वरीयता र स्थापित परम्परा मिचेर प्रधान न्यायाधीशमा चौथो वरीयताका मनोज कुमार शर्माको नाम सिफारिस भएको असर सर्वोच्च अदालतको पेसी व्यवस्थापनमा समेत देखिएको छ ।
पछिल्लो समय साढे ९ देखि पौने १० भित्र दैनिक पेसी सूची सार्वजनिक हुने गरेको भए पनि आज पौने ११ बजेमात्र सर्वोच्चको वेबसाइटमा पेसी सूची निकालिएको हो ।
आजको पेसीमा प्रधान न्यायाधीशमा सिफारिस मनोज कुमार शर्मा र कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको भने इजलास तोकिएको छैन ।