काठमाडौं, वैशाख २५ :

पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन्। उनलाई श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले पार्टीमा स्वागत गरे। उनलाई साम्पाङपछिको दोस्रो वरियता दिने सहमति भएको बुझिएको छ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट अलग्गिएका किराँती यसअघि प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का सदस्य थिए।  उनले केही समयअघि उक्त पार्टी परित्याग गरेका थिए।  जनार्दन शर्मासँगै मिलेर नयाँ पार्टी बनाएका थिए। सो पार्टीले गत आम निर्वाचन एउटा पनि सिट जित्न सकेन ।