
काठमाडौं, वैशाख २५ :
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेकी छिन्।
कार्कीले शुक्रबार दिउँसो सरकारी सवारी फिर्ता गराएकी हुन्। उनीले प्रयोग गर्दै आएको गाडीमा प्राविधिक समस्या देखिनुका साथै अत्यधिक इन्धन खर्च हुने भएपछि गाडी फिर्ता गरिएको जनाइएको छ।
कार्कीका प्रेस सल्लाहकार राम रावलका अनुसार हाल कार्कीसँग कुनै पनि सरकारी गाडी छैन। उनले गाडीमा बारम्बार समस्या आउन थालेपछि केही समय अघि नै फिर्ता गर्ने निर्णय गरेकी थिइन्।