शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ

सक्रिय न्युज · शनिबार, २६ वैशाख, २०८३ मा प्रकाशित
सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ
काठमाडौं, वैशाख २६ :

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन प्रवद्र्धनप्रति नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज भएको दोस्रो अन्तरराष्ट्रिय आप्रवासन समीक्षा मञ्चको बहसमा उनले सुरक्षित एवं व्यवस्थित  आप्रवासनमा जोड दिँदै आएको नेपाल प्रमुख श्रम आपूर्तिकर्ता राष्ट्रका भएकाले  सुरक्षित र मर्यादित आप्रवासनका पक्षमा दृढ रहेको बताए ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले करिब ४० लाख नेपाली आप्रवासी श्रमिकले श्रम गरेको मुलुकको अर्थतन्त्र तथा नेपालको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गरे । विप्रेषण, सीप र ज्ञान हस्तान्तरणमार्फत आप्रवासी नेपालीले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका उनले बताए ।

उनले भर्ती प्रणाली, लैङ्गिक उत्तरदायी आप्रवासन नीति, सीप विकास, मानव बेचबिखन नियन्त्रण, सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत सामाजिक सुरक्षाको व्यवस्था र भर्ती सेवाको ‘डिजिटल’ प्रणालीकरणलगायत क्षेत्रमा नेपालले सुधारका विभिन्न पहल अघि बढाएको जानकारी दिए ।

राजदूत थापाले अनियमित आप्रवासन, मानव बेचबिखन, श्रम शोषण तथा समन्वय अभावजस्ता चुनौती  विद्यमान रहेका उल्लेख गर्दै ती समस्याको समाधानका लागि अन्तरराष्ट्रिय सहकार्य र साझा जिम्मेवारी आवश्यक भएकामा जोड दिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार